एमाले विभाजनपछि छलफलमा जुटे देउवा, प्रचण्ड र नेपाल – Nepal Press

एमाले विभाजनपछि छलफलमा जुटे देउवा, प्रचण्ड र नेपाल

काठमाडौं । नेकपा एमालेको औपचारिक विभाजनपछि सत्तारुढ गठबन्धनका नेताहरु पहिलोपटक छलफलमा जुटेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल र नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल जारी छ ।

भेटमा एमाले विभाजनपछिको राजनीतिक परिस्थिति, बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनपछिको रणनीति र मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर