दल विभाजन गर्ने अध्यादेशविरुद्धका सबै रिट संवैधानिक इजलासमा
भदौ ११ मा पेसी तोकियो

२०७८ भदौ ३ गते १५:५८

काठमाडौं । राजनीतिक दल सम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशविरुद्ध परेका रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ । अध्यादेश संविधान र सर्वोच्च अदालतको फैसलाविपरीत रहेको भन्दै खारेजीको मागसहित सर्वोच्चमा ६ वटा रिट परेका छन् ।
सबै रिटमाथिको सुनुवाइका लागि भदौ ११ गते शुक्रबारलाई पेसी तोकिएको छ । सरकारले भदौ १ गते सो अध्यादेश ल्याएको थियो ।अध्यादेशकै आधारमा नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भइसकेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर