भन्सार छलेर भारत लाँदै गरेको डेढ सयभन्दा बढी क्विन्टल केराउ बरामद
बर्दिया । बर्दियामा भन्सार छलेर भारत लैजादै गरेको डेढ सयभन्दा बढी क्विन्टल केराउ बरामद गरेको छ ।
गुलरिया नगरपालिका-१० स्थित मिल नजिक खालि जमिनमा जम्मा गरी राखेको करिब १६ लाख ९१ हजार ५ सय रुपैयाँ मूल्य बराबरको १६८.७५ क्विन्टल केराउ गएराति प्रहरीले बरामद गरेको हो ।
भन्सार छली अवैध रुपमा केराउ भारततर्फ लैजाँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दिया र सिमा प्रहरी चौकी मथुराबाट खटिएको प्रहरीलाई देख्नासाथ संलग्न व्यक्तिहरू फरार भएपछि प्रहरीले उक्त केराउ र ८ थान साईकल बरामद गरेको छ ।
बरामद भएको केराउ र साईकल कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।