माधवपक्षीय युवा संघ उपाध्यक्ष रेल्वे कम्पनीको महाप्रबन्धक नियुक्त – Nepal Press

माधवपक्षीय युवा संघ उपाध्यक्ष रेल्वे कम्पनीको महाप्रबन्धक नियुक्त

काठमाडौं । सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा माधव नेपाल नेतृत्वको नयाँ पार्टीका युवा नेतालाई नियुक्त गरेको छ ।

एमाले समाजवादीका युवा नेता तथा नेपालपक्षीय युवा संघका केन्द्रीय उपाध्यक्ष सप्तरीका निरन्जन झालाई विहीबार बसेको मन्त्रिपरिषद बैठकले महाप्रवन्धक नियुक्त गरेको हो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका गुरु भट्टराईलाई नयाँ सरकारले स्पष्टीकरण सोधेको थियो ।, उनले स्पष्टीकरण नदिई राजीनामा दिएका थिए ।

एमाले फुटाएर एमाले समाजबादी गठन गरेपछि माधवकुमार नेपाल पक्षले धमाधम नियुक्ति पाउन थालेको छ । यसअघि हिजैको मन्त्रिपरिषद बैठकले वागमती प्रदेश प्रमुखमा माधवपक्षीय यादव शर्मालाई नियुक्त गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर