शिक्षकको धर्नामा प्रहरी हस्तक्षेपः झडपमा केही शिक्षक घाइते, कांग्रेस नेताले गुहारे गृहमन्त्री – Nepal Press

शिक्षकको धर्नामा प्रहरी हस्तक्षेपः झडपमा केही शिक्षक घाइते, कांग्रेस नेताले गुहारे गृहमन्त्री

कैलाली । कञ्चनपुरमा सत्तारुढ दल नेपाली कांग्रेस निकट शिक्षक र प्रहरीबिच झडप भएको छ ।

भीमदत्त नगरपालिकामा लगाइएको तालाबन्दी खोल्ने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरेको जनाएको छ ।

झडपका क्रममा दुवैतर्फका गरी एक दर्जन बढी घाइते भएका छन् ।

शिक्षक दरबन्दी मिलान प्रक्रिया विधिसम्मत नभएको भन्दै शिक्षक संघले नगरपालिकामा धर्ना दिँदै आएको थियो ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले घटनाको छानबिनका लागि गृहमन्त्री बालकृष्ण खाँडलाई आग्रह गरेका छन् ।

नेपाल शिक्षक संघको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै कांग्रेस कार्यकर्ताले नगरपालिका कार्यालयमा तालाबन्दी गर्न खोज्दा सुरक्षाकर्मीसित झडप भएको थियो ।

झडपमा परी कांग्रेस कार्यकर्ता, सुरक्षाकर्मी, जनप्रतिनिधि घाइते भएका छन् । सुरक्षाकर्मीले तालाबन्दी गर्न नदिएपछि उनीहरुले लाठी खोसेपछि झडप भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *