जनैपूर्णिमामा क्वाँटीको व्यापार घट्यो (भिडियो) – Nepal Press

जनैपूर्णिमामा क्वाँटीको व्यापार घट्यो (भिडियो)

काठमाडौं । जनैपूर्णिमामा खाईने क्वाँटीको व्यापार घटेको व्यापारीहरुले बताएका छन । जनैपूर्णिमाको अघिल्लो दिन शनिबार बिहान काठमाडौंको असन बजारमा टोलाएर बसेका व्यापारीहरुले जनै र क्वाँटी दुवैको व्यापार गत वर्षको भन्दा धेरै कम भएको बताएका हुन ।

असनका स्थानीय व्यापारी साहित्यरत्न तुलाधरले गत वर्षको भन्दा यस वर्ष क्वाटीको व्यापार धेरै कम भएको बताए । क्वाँटी तागत दिने खानेकुरा भएपनि यसको व्यापार यस वर्ष धेरै कम भएको उनको भनाई छ । तुलाधरले भने, ‘व्यापार यसपाली त्यति छैन । धेरै कम छ । क्वाटी वर्षमा एक पटक खानैपर्ने हो । तर यसको व्यापार कम छ ।’

असनचोकमै जनै व्यापार गरिरहेका दोलखाका दूर्गाप्रसाद उपाध्याय न्यौपानेले मानिसहरुले जनै खरिद गर्न नै छाडिसकेको बताए । उनले कोहीकोही बुढाबुढीले जनै लगेपनि युवाहरु धेरैले यसलाई लगाउन नै छाडिसकेको अनुभव सुनाए । न्यौपानेले १५ र २५ रुपैयाँ दरका जनै व्यापार गर्ने गरेका छन् । तर ग्राहक पाउनै समस्या भएको उनको गुनासो छ । जनैपूर्णिमालाई हिन्दुहरुको विशेष पर्व मानिन्छ । तर कोरोनाको असरले जनै र क्वाँटीको व्यापार भने कम हुँदै गएको व्यापारीहरुको बुझाई छ ।

 


प्रतिक्रिया

One thought on “जनैपूर्णिमामा क्वाँटीको व्यापार घट्यो (भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *