मकवानपुरगढी गाउँपालिकाले सञ्चालनमा ल्यायो तरकारी तथा फलफूल बिक्री केन्द्र
काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा अनाज तरकारी तथा फलफूल खरिद बिक्री केन्द्र सञ्चालनमा आएको छ ।
मकवानपुरगढी गाउँपालिका- २ मा कुर्ले कृषि सहकारी संस्था लिमिटेडले अनाज तरकारी तथा फलफूल खरिद बिक्री केन्द्र संचालनमा ल्याएको हो ।
आज एक कार्यक्रमकाबीचमा गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंले उक्त केन्द्रको उद्घाटन गरेका हुन् । कार्यक्रमको बोल्दै अध्यक्ष हुमागाईंले आउँदो दिनहरुमा किसानले सहकारीमार्फत आफुले उत्पादन गरेको तरकारी तथा फलफूलले उचित मूल्य बिक्री गर्न सक्ने बताए ।
हुमागाईंले भने, ‘बजारसम्म पुर्याएर व्यापारीलाई कमिसन दिएर बिक्री गर्दा समेत कृषकले उचित मूल्य नपाइरहेको अवस्थामा गाउँमै सहकारीले बजार मूल्यमा खरिद गर्दा उचित मूल्य पाउनेमा छन् । गाउँपालिकाले किसानसँग जोडिएका महत्वपूर्ण कामहरु अघि बढाइरहेको छ । कसरी स्थानीय उत्पादन वृद्धि गर्ने र सहज बिक्री गाउँपालिकाले काम गरिरहेको छ ।’
किसानले उत्पादन गरेको तरकारी तथा फलफूल सहकारीले बजार मूल्यमा खरिद गर्ने र बिक्री गर्ने गरी सहकारीले काम गर्न शुरू गरेको संस्थाका अध्यक्ष कृष्ण प्रसाद हुमागाईंले जानकारी दिए ।