माधव निकट अनेरास्ववियूका अध्यक्ष भन्छन- दश बुँदेको औचित्य छैन्, बालकोट यात्रा अबसरवादको नौलो रुप – Nepal Press

माधव निकट अनेरास्ववियूका अध्यक्ष भन्छन- दश बुँदेको औचित्य छैन्, बालकोट यात्रा अबसरवादको नौलो रुप

काठमाडौं । एमाले विभाजनमा दोस्रो पुस्ताका नेताले माधव नेपाललाई साथ नदिए पनि समानान्तर भातृ संगठन भने उनकै पक्षमा उभिएका छन् । दोस्रो पुस्ताका एकता पक्षधर नेताहरुले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर पार्टीमै रहने सहमति गरेपछि समानान्तर रुपमा गठन गरिएका भातृ संगठनहरु नेपालको पक्षमा खुल्न थालेका हुन्।

युवा संघपछि अनेरास्ववियू पनि नेपाल पक्षमा खुलेको छ । अध्यक्ष सुदेश पराजुलीले १० बुँदेको औचित्य नभएको भन्दै त्यसको जगमा एकताको सम्भावना पनि नरहेको टिप्पणी गरेका छन् । ‘एकताका नाममा भनिएको दश बुँदेको कुनै औचित्य छैन्,’ पराजुलीले फेसबुकमा लेखेका छन्, ‘ त्यस जगमा एकता सम्भावना छैन । जसरी एकताको नाममा अवसरवाद देखा पर्यो त्यसले समस्या झन् बल्झियो ।’

उनले एकता पक्षधर नेताहरुले बालकोटमा आज गरेको सहमतिलाई ‘बालकोट यात्रा एकताको नाममा नयाँ अवसरवादको नौलो रुप’ भएको समेत टिप्पणी गरेका छन्। एकतापक्षधर नेताहरुलाई पराजुलीले केही प्रश्न पनि सोधेका छन् । उनका प्रश्न छन् :

  • हाम्रो लडाइँ पदीय व्यवस्थापन थियो कि हामीले भनेको प्रतिगामीलाई परास्त गर्नु थियो यसको पुष्टि हुनु पर्दैन ?
  • के सर्वोच्चको फैसला बेठिक थियो भन्ने आँट, साहस छ अहिलेको एकताको राप जपिरहनेहरुलाई ? के संसद पटक-पटक विघटन ठीक हो भन्ने आँट छ एकता नाममा अगुवाई गर्नेलाई ?
  • हामीले भनेको के परिस्थिति परिवर्तन भयो र प्रतिगामीसँग सम्झौता गर्न बाध्य भइयो ?
  • के सैद्धान्तिक विषयवस्तुमा सम्झौता भयो जस्ले हामीले विगतमा उठाउँदै आएको वैचारिक सैद्धान्तिक बहसलाई समाधान गर्‍यो ?

प्रतिक्रिया

One thought on “माधव निकट अनेरास्ववियूका अध्यक्ष भन्छन- दश बुँदेको औचित्य छैन्, बालकोट यात्रा अबसरवादको नौलो रुप

  1. माकुनेले कति रकम झाेलामा हालिदियाे भाइ तिमी लाई,जे भए पनि नुनको साेझाे त गर्नैपर्याे ।तर राजनीतिक पार्टी हरुमा अाफुले अाफैलाइ धाेखादिने अन्तरघातिहरुकाे भलाे खासै भएको देखिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर