कुलमानको विरुद्ध अन्तरिम आदेश भएन, सर्वोच्चले माग्यो नियुक्तिको फाइल
नेपाल प्रेस
२०७८ भदौ ८ गते १५:४२
काठमाडौं । सर्वोच्च अदालतले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा घिसिङविरुद्ध परेको रिटको सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले नियुक्तिसम्बन्धी फाइल झिकाएको छ ।
आफू उक्त पदमा रहँदा रहँदै घिसिङलाई गरिएको भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्चमा रिट हालेका थिए । कुलमानलाई गरिएको नियुक्ति कानूनविपरीत रहेको भन्ने जिकिर शाक्यको थियो ।
प्रतिक्रिया
One thought on “कुलमानको विरुद्ध अन्तरिम आदेश भएन, सर्वोच्चले माग्यो नियुक्तिको फाइल”
Leave a Reply
सम्बन्धित खवर
लौ भ्रष्टाचारको पक्षधर जस्तो शंकास्पद ढंगमा उत्रिएका अहितमान शाक्यले झण्डै ३ करोड नेपालीको अखुसी देख्न अज्ञानी जस्तै लाग्यो मलाई तर, सत्य, तथ्य उनै भगवानलाई थाहा होलान् 🙇♂️ अब न्याय दिनु पर्यो हामी नेपालीहरुका लागि