१० नेताप्रति झलनाथको कटाक्ष- हाम्रो केन्द्रमा मध्यपन्थी जन्मिए, तर धेरै टिक्दैनन् – Nepal Press

१० नेताप्रति झलनाथको कटाक्ष- हाम्रो केन्द्रमा मध्यपन्थी जन्मिए, तर धेरै टिक्दैनन्

काठमाडौं । नेकपा एमाले विभाजनमा माधवकुमार नेपाललाई साथ दिएका बरिष्ठ नेता झलनाथ खनालले आफूहरुको समूहमा मध्यपन्थी अवसरवाद जन्मिएको भन्दै उनीहरु लामो समय टिक्न नसक्ने दावी गरेका छन् ।

चन्द्रागिरीमा जारी एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकलाई दिल्लीबाट भर्चुअल सम्बोधन गर्दै खनालले माधव नेपाल समूह छाडेर एमालेमा बसेका १० जना स्थायी कमिटी सदस्यप्रति कटाक्ष गरेका हुन् ।

खनालले भने- हाम्रो स्थायी कमिटीका धेरै सदस्यलाई मध्यपन्थीले नराम्ररी अल्झायो । यो भनेको मध्यपन्थी अवसरवादको रुप हो । अन्ततःयसले दक्षिणपन्थीलाई सघाउँछ । तर मध्यपन्थीको आयु लामो हुँदैन,यो अल्पायुको हुन्छ र चाँडै परिणाम देखाउँछ । हाम्रो केन्द्रमा मध्यपन्थी जन्मियो ।

खनालले केन्द्रमा देखिएको मध्यपन्थी प्रदेश र जिल्ला हुँदै स्थानीय तहसम्म फैलिने भन्दै केपी ओलीविरुद्धको भण्डाफोर अभियानलाई मध्यपन्थीहरुविरुद्ध पनि केन्द्रित गर्नुपर्ने बताए । उनले अहिलेको एमाले विभाजनलाई नव निर्माणको लागि विद्रोह हो भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर