एकीकृत समाजवादीका ५५ केन्द्रीय सदस्य र २९ सांसदको सनाखत सकियो (सूचीसहित)
काठमाडौं । माधवकुमार नेपालको नेतृत्वमा नवगठित नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि पेश भएको नामवलीको सनाखत गर्ने काम लभगभ सकिएको छ । निर्वाचन आयोगले ५५ केन्द्रीय सदस्य र २९ सांसदको सनाखत भएको हो ।
दल दर्ताका लागि ५६ जनाको नामावली आयोगमा पठाइएको थियो । उनीहरुमध्ये भाष्कर काफ्लेबाहेक ५५ जनाको सनाखत भएको छ । बाँकी हस्ताक्षर नभएका चारजना विक्रम शाही, सोमप्रसाद पाण्डे, रामप्रित पासवान र राजन राईको विषयमा छलफल भइरहेको पार्टीका नेता मेटमणि चौधरीले जानकारी दिए ।
भारतमा उपचाररत रहेका नेता झलनाथ खनालको पनि आयोगले सनाखत गरेको छ । उनले दूतावासमार्फत पठाएको पत्रका आधारमा सनाखत गरिएको हो ।
म अपठ्यारोमा परेको छु के भनु अन्याय जनतामा भएको छ जनतालाई नै सर्वेसर्वा मान्नु पर्ने समयलाई ढाटेर सत्ता समिकरण मात्र नैतिक जिम्मेवारी राजनिति दलको हैन सबैमा चेतना भया
#नेप्लिज~🇳🇵