माधवको पार्टीप्रति शंकरको टिप्पणी- अध्यादेशको पार्टीलाई जनादेशबाट प्रतिस्थापन गरिन्छ
नेपाल प्रेस
२०७८ भदौ १० गते १९:२८
काठमाडौं । एमाले नेता शंकर पोखरेलले नवगठित नेकपा (एकीकृत समाजवादी)ले जनआन्दोलन र जनभावनाको प्रतिनिधित्व गर्न नसक्ने दावी गरेका छन् । अध्यादेशको पार्टी भन्दै उनले यसलाई नयाँ जनादेशबाट प्रतिस्थापन गरिने टिप्पणी गरेका छन्।
‘परमादेशको सरकार र अध्यादेशको पार्टीले जनआन्दोलन र जनभावनाको प्रतिनिधित्व गर्न सक्तैनन्,’ सामाजिक संजालमा उनले लेखेका छन्, ‘नयाँ जनादेशबाट त्यसको प्रतिस्थापन गरिनेछ।’
हिजो मात्रै एकीकृत समाजवादी पार्टीले दलको मान्यता पाएको थियो ।
प्रतिक्रिया