एकीकृत समाजवादीनिकट पत्रकारले बनाए नयाँ संगठन, अध्यक्षमा शम्भु श्रेष्ठ
काठमाडौं । माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट पहिलो पेशागत संगठनका रुपमा समाजवादी प्रेस नेपाल जन्मेको छ । सो पार्टीमा आवद्ध पत्रकारहरुको भेलाले आज उक्त संगठनको नामाकरण गरेको हो ।
संगठनका नेता विश्वमणि सुवेदीको अध्यक्षतामा भएको भेलाले संगठनको तदर्थ समितिको संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई जिम्मेवारी दिएको छ । उक्त समितिले दुई साताभित्र राष्ट्रिय भेलाको आयोजना गरी केन्द्रीय समितिलाई पूर्णता दिने भएको छ ।
भेलामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेताहरु राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, डा. विजय पौडेल, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, किशोर श्रेष्ठ सहितको उपस्थिति थियो ।