मेगा म्युचुअल फण्ड-१ मा माग गरिए भन्दा बढी आवेदन – Nepal Press

मेगा म्युचुअल फण्ड-१ मा माग गरिए भन्दा बढी आवेदन

काठमाडौं । मेगा म्युचुअल फण्ड -१ मा माग गरिएभन्दा बढी आवेदन परेको छ ।

नेपालको म्युचुअल फण्ड निष्कासनको इतिहासमा मेगा म्युचुअल फण्डमा पहिलो पटक मागभन्दा बढी आवेदन परेको हो । मागभन्दा धेरै बढी इकाइका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरी इकाइहरू बाँडफाँट गर्ने भएको छ ।

यस म्युचुअल फण्डमा १० रूपैयाँको दरले १० करोड इकाइका लागि आवेदन माग गरिएकोमा २० करोड १४ लाख ५५ हजार ६०० कित्ताका लागि आवेदन परेको थियो ।

१० करोड इकाइमध्ये १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक मेगा बैंकका लागि र बाँकी ८ करोड ५० लाख सर्वसाधारणका लागि छुट्याइएको थियो । निष्कासन भएको दुई दिनमै माग भन्दा बढी आवेदन प्राप्त भई चौथो दिनसम्ममा सर्वसाधारण लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको यस फण्डमा १ लाख ६३ हजार ६४६ आवेदन प्राप्त भएको बिक्री प्रवन्धक मेगा क्यापिटल मार्केटले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *