एनआरएनए जापान निर्वाचनको २४ प्रतिशत मत अवैध
२०७८ भदौ १३ गते १६:३५
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचनमा धाँधली भएको छानविन समितिले निष्कर्ष निकालेको छ ।
निर्वाचन निष्पक्ष नभएको केही समूहको असन्तुष्टीपछि बनाइएको छानविन समितिले उक्त ठहर गरेको हो । समितिले निर्वाचनलाई वैधानिकता दिने/नदिने निर्णय गर्ने जिम्मा माथिल्लो निकायलाई दिएको छ ।
खसेका कुल भोटमध्ये ७६ प्रतिशतलाई मान्यता दिएपनि ३ हजार हाराहारीको मतका विषयमा भने माथिल्लो निकायले छानविन टोकियोमा पत्रकार सम्मेलनमार्फत समितिले आफ्नो भनाइ सार्वजनिक गरेको छ ।
प्रतिक्रिया