चौथाइवालेको कम्फर्टेवल परिभ्रमणः कमरेड रक्तरमणदेखि बार्दली बासम्म
देउपाटनमा राखी बाँधेपछि चौथाइवालेजी सोझै रक्तरमण कुञ्जमा प्रस्थान गर्नु भयो ।
कमरेड रक्तरमण आफ्ना महान् आतपी कमरेडहरूका साथ उहाँको प्रतीक्षा गरिरहनु भएको थियो । बैठकका लागि नेपालको नक्सा बैठक कक्षबाट हटाइयो । पृष्ठभागमा बुद्धका मूर्तीहरू सजाइयो । कमरेड रक्तरमणको पोशाक र शृंगारको अन्तिम निरीक्षण गरी मिलाइयो । अरु कमरेडहरूले पनि ऐनामा आ-आफ्नो व्यक्तित्व निख्खर पार्नुभयो ।
चौथाइवालेजीको आगमनले कमरेड रक्तरमणलाई आफू नोएडा सेक्टरमा बस्दाका सम्झना ताजा भए । उहाँ पुलकित हुनु भयो । तुरुन्तै क्रमभंग गरेर भावुक हुनु भयो । तत्क्षणमै क्रमभंग गरी फेरि उत्साही हुनु भयो ।
‘मने भारतमा मलाई धेरैले चिन्छन्,’ कुम हल्लाउँदै भन्नुभयो र रिसिभ गर्न दौडिनु भयो ।
‘चौथाइवाले आउँदा त यस्तो उत्साह छ । पूरै मानोवाला आए वातावरण कति रमाइलो हुँदो हो’ काटमारविज्ञ खामले टेबलमा राखेका फलफूलमा आँखा डुलाउँदै मनमनै भन्नु भयो ।
शर्माजीले उतिबेला भारतसँग लड्न भन्दै रुकुम, रोल्पामा खनाएका ‘सुरङ’ याद गर्नुभयो । हरेकका मनमा भित्रभित्रै क्रमभंग भैरहेको थियो ।
यत्तिकैमा चौथाइवाले र रक्तरमणको बैठककक्षमा प्रवेश भयो । कुम हल्लाउँदै, कोट मिलाउँदै भावभङ्गीमा स्वागत अभिवादन भयो । माहोल एकदमै हार्दिक बन्यो ।
सञ्चो विसञ्चो सोधेपछि एकछिन मौनता ।
‘कुछ लेङ्गे’ मौनताको क्रमभंग गर्दै रक्तरमणले सोध्नुभयो । ‘अभि राखी बाँधके आया हुँ ।’ चौथाइवालेले जवाफ दिनुभयो । ‘नेपालके साथ हमारेबीच रोटीबेटीका सम्बन्ध हे ना ।’
‘हमारी रिस्तेदारी भि कम नही । हम तो नोएडाके किरायदार थे ।’ रक्तरमणले आफ्ना ज्वाईचेला र अन्यसम्बन्धी भारतीय भएकोतर्फ इंकित गर्नुभयो ।
भलाकुसारी राजनीतिमा प्रवेश गर्यो । रक्तरमणको सफलताको प्रशंसा गर्दै चौथाइवालेले भन्नु भयो । ‘आपने जो ओलीको ठेकान लगाया । उसका उच्च मूल्यांकन होना चाहिये । हमे ऐसा लगता है ।’ यति सुनेपछि सबै झन् उत्साही भए ।
रक्तरमणले भन्नु भयो । ‘अब कम्फोर्टेबल हो गया । हम तो कम्फोर्टेबल थे हि । अब सरकार अदालत और मिडियामें भि आपके कृपा से कब्जा हो गया ।’
‘हमने ये सब वहीँ से दिया हुवा तालिम में सिखा है ।’ शर्माजीले भन्नु भयो ।
‘आप ने तो नेपालके पार्टीयोंमे सर्जिकल स्ट्राइक करदिए । कांग्रेस से वोट लिए । एमालेमें जाइके ठक्कर दिया और उसके दो टुक्रा करदिये ।’ चौथाइवालेले भन्नु भयो ।
हौसिँदै रक्तरमणले भन्नुभयो, ‘ये स्टार वार था । हम जाइके पुछ्रे ताराकि तरह टकराए और एमाले से एक चाँद बाहर निकाला । अब हम वो चाँदको हमारे इर्दगिर्द घुमादेङ्गे ।’
‘जी हाँ, अब तो बहुत कम्फोर्टेबल हुवा ।’ चौथाइवालेले भन्नु भयो । सबैमा विजयीभाव देखियो ।
एम सरले आफूले गरेका सर्जिकल स्ट्राइक सम्झनु भयो । ‘तर किन भन्नु, फरगेट यस्टर्डे’ मनमनै भन्नु भयो ।
एम सरको भाव बुझेर रक्तरमणले भन्नु भयो । ‘मने हाम्रा कमरेडहरूले अहिले पनि सर्जिकल स्ट्राइक गरेकै छन् । सैनिक युद्ध होस् वा दैनिक युद्ध होस्, दाङ हाम्रो सर्जिकल स्ट्राइकको केन्द्र हो । हामी त नाम पुष्पकमल भए काम रक्तपात गर्दिन्छौं, थर बस्नेत भए काम उठ्नेत गर्दिन्छौं । क्रमभंगमा संसारले हामीसँग सिक्न सक्छ ।’
‘मधेसको स्वायत्त प्रदेश बनानेका मिशन अभि बाँकि है ना ।’ चौथाइवालेले छलफलको क्रमभंग गर्दै पुरानो योजना याद गराउनु भयो ।
‘जी जी, वो पुरा होवे । जो जातीय स्वायत्त राज्य बनानेका लक्ष्य मिला था वो नही भुला हुँ ।’ रक्तरमणले आफ्नो वचनमा पक्का रहेको आश्वस्त पार्नु भयो । ‘हम फिर क्रमभंग करेङ्गे । अब हम उपेन्दर से मिलके देउवाको चक्मा देङ्गे । हम कम्फोर्टेबल है । हम कुछ भि कर सक्ता है । कुछ कर दिखाया है । और करेङ्गे’, रक्तरमणले भन्नु भयो ।
चौथाइवाले प्रफुल्ल हुनु भयो । लामो सास तान्दै भन्नु भयो ‘और कहिए ।’
‘सबकुछ मने कम्फोर्टेबल हो गया अब । हमने बहुत लोगोंको अच्छे से सफाया किया । जिसके नाम पे लडाइ कहा था उन्हीको मारडाला और उन्ही लोगों से अपना जरुरत पूरा किया । लोगोंको मालुम हि नहि हुवा’, रक्तरमणले भन्नु भयो ।
‘वो कैसे ?’ चौथाइवालेले जिज्ञासा राख्नु भयो ।
‘जैसे कि एक घडि के लिए हमारे तामसालिङ जनसरकार इन्चार्ज कञ्चनने तामाङका हि सफाया कर दिया । और व घडि हासिल कि । आजकल वो घडि ‘समय तीन मिनेट‘ करने में काम आ रहा है। हमे भि एक स्वीस घडि दिला दिया’, रक्तरमणले हात र कुम हल्लाउँदै भन्नु भयो ।
‘बाबुराम से भि मिलिङ्गे’ कमरेड अनन्तले जिज्ञासा राख्नु भयो ।
‘वो लालध्वज बाबु । घरका हि आदमी हे । दिल्ली में हि पला बडा है ।’ यो सुनेर रक्तरमण अलि गम्भीर हुनु भयो । भाव बुझेर शर्माजीले दुःखी हुँदै सोध्नु भयो ‘आप हमे अपना नहि समझते ?’
‘ये क्या बात हुई, हम कब आपके नहिँ थे ! चौथाइवालेले आश्चर्य प्रकट गर्नु भयो । ‘पर्सों तक तो लालबाबु आपके साथ थे, कल बाहर गए तो फिर आएङ्गे आपके पास। बात हो रही हे न आप सबको फिर मिलाने के लिए’, भरोषा दिलाउनु भयो ।
‘यही तो द्वन्दात्मक भौतिकवाद है’, काजीले प्रकाश पार्नुभयो ।
‘फर्गेट यस्टर्डे’ एम सरले भन्नु भयो ।
‘कभि कभि मने थोडा क्रमभङ्ग हुवा था’ रक्तरमणले कुम हल्लाउँदै भन्नु भयो, ‘अब सबकुछ कम्फोर्टेवल हो गया ।’
‘हमारी दोस्ती बरकरार रहेगा ।’ चौथाईवालेले भन्नुभयो ।
यसपछि चौथाइवाले सोझै बालकोट आश्रममा जानु भयो ।
बालकोट आश्रमको दृष्य बडा मार्मिक छ । ‘बा’ले बार्दलीबाट प्रवचन दिँदै हुनुहुन्छ । शायद ‘भक्तहरू सुन्न चाहन्छन्’ कार्यक्रम लाइभ भैरहेको छ । आँगनमा भक्तहरू घरिघरि थपडी बजाइरहेका छन् ।
गेटमा गाले हर्न बजाएपछि ‘बा’ले बार्दलीबाट हात हल्लाउँदै अभिवादन गर्नु भयो । मनमनै एक कविता गुन्नु भयो,
‘कसैलाई भेट्न गइन्नँ ।
आफैं बार्दलीमा आउनु पर्छ ।
श्रीरामको कृपा होउञ्जेल ।
कसैसँग डराइन्नँ ।’
भलाकुसारी शुरु भयो ।
‘आपके धार्मिक ज्ञान से मेँ बहुत प्राभावित हुँ ।’ चौथाइवालेले भन्नु भयो ।
‘राम तो सर्वव्यापी हे, उनका जन्म जहाँ भि हो सकता है । मुझे लगाता है हम सबके हृदयमे श्रीराम प्रभुका निवास हे ना ।’
यो सुनेर बा प्रफुल्ल हुनुभयो । ‘जब भक्तको कोइ संकट आए तो प्रभु राम उसकी आत्मामे प्रवेश करते है’, बाले भन्नुभयो, ‘उस वख्त श्रीराम मेरे आत्मामें प्रवेश किये थे ।’
‘जि हाँ राम तो अयोध्या, अयोध्यापुरी, रामनगर, रामपुर, रामगढ जहाँ भि जन्म ले सकते है। हनुमानजी ने कहा था, वो तो सर्वव्यापी है ।’ चौथाइवालेले भन्नु भयो ।
बालकोटको रामाश्रम हाँसोले गुञ्जियो ।
‘क्युँ कि उस वख्त पार्टी में मेरा कोही नहीँ था । सब राम भरोसे चलरहा था। और रामका खयाल आया’, बाले भन्नुभयो, ‘हमे लगा इस युग में हमारे सत्ता रक्षाके लिए अयोध्यापुरी में रामका जन्म हो गया ।’
चौथाइवालेले भन्नु भयो, ‘रामका जन्म हर युगमा होता है । श्रीरामके बारेमें आपकी ज्ञानने तो सबका छक्का छुडा दी । हम तो आपके फैन हो गये ।’
प्रशंसा सुनेर मख्ख पर्नु भएका बाले धामीको हत्याबारेमा सोध्न भुसुक्कै बिर्सनु भएछ । चौथाइवाले बालकोटबाट फर्केपछि पो बा झसङ्ग हुनु भो ।
‘केटाले प्रशंसा गरिराथ्यो, प्वाक्क लात्ताले हानेर पो गएछ ।’ बाले महेशसँग भन्नु भयो ।