एट्लेटिको फर्किए ग्रिजमन – Nepal Press

एट्लेटिको फर्किए ग्रिजमन

एजेन्सी । ला लिगाको साविक विजेता एट्लेटिको मड्रिडले आफ्ला पूर्व स्ट्राइकर एन्टोइन ग्रिजमनलाई पुनः अनुबन्ध गरेको छ । एट्लेटिकोले उनलाई बार्सिलोनाबाट लोनमा १ वर्षका लागि भित्र्याएको हो ।

एट्लेटिकोले खेलाडीको सम्पूर्ण सुविधा ब्यहोर्नेछ भने एक वर्षपछि स्थायी बनाउने अनिवार्य सर्त राखिएको छ ।

फ्रान्सेली खेलाडी ग्रिजमनले सन् २०१९ मा बार्सिलोना जानुअघि एट्लेटिकोका लागि २ सय ५७ खेलमा १सय ३३ गोल गरेका थिए । बार्सिलोनाले उनका लागि १ सय ७ मिलियन पाउण्ड खर्चेको थियो ।

आर्थिक समस्याका कारण बार्सिलोनाबाट बाहिरिने ग्रिजमन ११ औं खेलाडी हुन् । यसअघि लियोनल मेस्सीसहितका खेलाडीले यही सिजन बार्सिलोना छाड्नुपरेको थियो ।

ट्रान्सफर डेडलाइनको दिन मंगलबारमात्रै बार्सिलोनाले तीन खेलाडी बेच्यो । ग्रिजमनका अलावा डिफृण्डर इमर्सन रोयल २५.८ मिलियन पाउण्डमा टोटनह्याम पुगेका छन् भने किशोर उमेरका मिडफिल्डर इलाइस्क मोरिबालाई आरबी लाइपजिगले १३.७ मिलियन पाउण्डमा खरिद गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *