पाल्पाकी रमा घर्तीले गरिन् एकीकृत समाजवादीमा सनाखत
रुपन्देही । पाल्पाबाट लुम्बिनी प्रदेशसभा सदस्य बनेकी रमा घर्तीले नेकपा एकीकृत समाजवादी रोजेकी छन् ।
प्रदेश निर्वाचन आयोगको कार्यालय दाङ पुगेर मंगलबार घर्तीले एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गाएकी हुन् । आयोगका प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा उनले सनाखत गराएकी हुन् । एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरेले घर्तीले खनाखत गरेको जानकारी दिइन् ।
उनी लुम्बिनी प्रदेशसभामा एकीकृत समाजवादी पार्टीको पक्षमा खुल्ने एमालेको पहिलो सांसद हुन् ।
८० सदस्यीय प्रदेशसभामा एमालेका ३८ सांसद थिए । घर्ती एकीकृत समाजवादीमा गएपछि त्यो संख्या घटेर ३७ पुगेको छ । यसमा पनि सूर्य चिह्न लिएर चुनाव जितेका अजय शाही आफू एमालेमा नभएको जनाउँदै गठबन्धन सरकारमा सहभागी भएपछि एमालेसँग अब ३६ जना मात्र सांसद रहेका छन् । योसँगै लुम्बिनी प्रदेशसभामा अब राजनीतिक दलको संख्या ६ पुगेको छ ।