कांग्रेस सभापतिमा युवा नेता कल्याण गुरुङको उम्मेदवारी घोषणा
नेपाल प्रेस
२०७८ भदौ १६ गते १५:३९
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता कल्याण गुरुङले १४ औं महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय सदस्यसमेत रहेका गुरुङले उम्मेदवारी दिने घोषणा गरेका हुन् । मंसिर ९-१३ मा कांग्रेस महाधिवेशन तय भएको छ ।
महाधिवशेन मिति नजिकिएसँगै कांग्रेसमा उम्मेदवारी दिनेहरू बढ्न थालेका छन् । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा चुनाव लड्ने घोषणा गरिसकेका छन् । उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा चुनाव लड्ने तयारी गर्दै सम्पर्क कार्यालय खोलेका छन् ।
प्रतिक्रिया