नेकपा एस संसदीय दलको कार्यालय स्थापना (भिडियो)
नेपाल प्रेस
२०७८ भदौ १७ गते १४:४५
काठमाडौं । एमालेबाट विद्रोह गरेर गठन गरिएको नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको कार्यालय स्थापना गरिएको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालयको एक नम्बर भवनमा दलको कार्यालय राखिएको हो ।
संसदीय दलको कार्यालयमा दलका नेता अध्यक्ष माधवकुमार नेपालले आज पदभार ग्रहण गरेका छन् । त्यस्तै, राष्ट्रियसभा संसदीय दलका नेता बेदुराम भुसालले पनि जिम्मेवारी सम्हालेका छन् ।
नेकपा एस दर्ता प्रक्रियामा प्रतिनिधिसभाका २३ र राष्ट्रियसभाका ७ गरी ३० जनाले निर्वाचन आयोगसमक्ष सनाखत गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर