नेपाल-भारतको संयुक्त सैन्य अभ्यास असोज ४ गतेदेखि – Nepal Press

नेपाल-भारतको संयुक्त सैन्य अभ्यास असोज ४ गतेदेखि

काठमाडौं । नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यासको १५ औं संस्करण असोज ४ गतेदेखि पुनः सुरु हुने भएको छ ।

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौड्यालका अनुसार महामारीले रोकिएको अभ्यास भारतको पिथौरागढमा दुई सातासम्म चल्नेछ ।

सूर्यकिरण भनिने सो सैन्य अभ्यासमा ३५० जना भारतीय सैनिक र ३०० जना नेपाली समकक्षी सहभागि हुने जनाइएको छ ।

नेपाली डेलिगेसनको हालैको भारत भ्रमणमा सैन्य अभ्यासको टुंगो लागेको जनाइएको छ । नेपाल र भारतले आलोपालो सहित अभ्यासको आयोजना गर्ने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर