पोखरा- १७ मा कांग्रेसको अधिवेशन विवादित – Nepal Press

पोखरा- १७ मा कांग्रेसको अधिवेशन विवादित

पोखरा । कास्कीमा पोखरा वडा नंम्बर- १७ को कांग्रेस अधिवेशन विवादित बनेको छ । वडाकै एक क्रियाशिल सदस्यले प्रजातान्त्रिक पद्धति बोकेको पार्टीले गुण्डागर्दी शैलीमा अधिवेशन गरेको आरोप लगाएका छन् ।

बिहान साढे १० बजे डाकिएको अधिवेशन बेलुका साढे ५ बजे मात्र सुरु भएको उनले बताए । ‘भदौ १८ गते तोकिएको अधिवेशनमा अघिल्लो दिन नै कोठे भेला गरेर ५६ जना क्षेत्रीय प्रतिनिधि र ३० जना वडा समिति गरी ८६ जनाको नाम तयार गरेको हो,’ उनले भने ।

निर्वाचन अधिकृत समय तालिका सार्वजनिक गरि मतदान स्थलबाट भागेर क्रियाशिल सदस्यलाई फ्लोरबाट उम्मेदवारी दिन बञ्चित गरिएको उनले आरोप लगाए । सहभागीले उम्मेदवारी फारम माग्दा अधिवेशन स्थलबाट बाहिर निकालिएको पनि उनको भनाइ थियो । उम्मेदवारी फारम वितरण नगरी संस्थापन पक्षले एकलौटी अधिवेशन स्थल कब्जा गरेको उनको आरोप छ ।

कांग्रेस पोखरा- १७ का सभापती देवराज आचार्यले सबै आरोप झुटो भएको बताए । सर्वसम्मत टुंगिएको समितिमा कुनै शंका नरहेको उनको भनाई थियो । वडामा कति समिति रहन्छ, कति क्षेत्रिय प्रतिनिधि रहने भन्ने थाहा नहुनेले विवाद भयो भन्नु गलत रहेका उनले बताए । ‘हामीले कोभिडका कारण ३ वटा बुथ राखेर सर्वसम्मत नाम लिएर आउन अनुरोध गरेका थियौं, त्यो काम भइसकेको छ, क्रियाशिल भेला गराएका नाम लिएर आएको हो,’ उनले भने । देवराज आचार्य नै १४ औं अधिवेशनबाट पोखरा- १७ का सभापती भएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर