भारतविरुद्ध पहिलो इनिङमा इङ्ल्यान्ड ९९ रनले अगाडि – Nepal Press

भारतविरुद्ध पहिलो इनिङमा इङ्ल्यान्ड ९९ रनले अगाडि

काठमाडौं । ओले पोप र क्रिस वोक्सको अर्धशतकप्रेरित इङ्ल्यान्डले चौथो टेस्टको पहिलो इनिङमा भारतविरुद्ध २ सय ९० रनको योगफल तयार गरेको छ ।

पहिलो इनिङमा भारततलाई १ सय ९१ रनमा समेटेको इङ्लिस टोली शुक्रबार राति सबै विकेट गुमाएर २ सय ९० रन बनायो । दोस्रो दिनको खेल ५३/३ बाट सुरु गरेको इङ्ल्यान्डले पहिलो इनिङमा ९९ रनको अग्रता बनाएको थियो ।

इङ्ल्यान्डका लागि किफायती ब्याटिङ गरेका पोपले ६ चौकासहित ८१ रनको योगदान गर्दा ओक्सले ११ चौकासहित ५० रन जोडे । त्यस्तै, विकेटकिपर-ब्याट्सम्यान जोनी बेयरिस्टोले ३७ तथा मोइन अलीले ३५ रन जोडेका थिए ।

भारतका उमेश यादव तीन तथा जसप्रित बुमरा र रविन्द्र जडेजाले दुई/दुई तथा शार्दुल ठाकुर र मोहम्मद सिराजले एक/एक विकेट लिए ।

भारतले दोस्रो इनिङ्को सुरुआतमा ४३ रन जोड्दासम्म कुनै विकेट गुमाएको छैन । दोस्रो दिनको खेल सकिँदासम्म भारतका लागि रोहित शर्माले २० तथा केएल राहुलले २२ रन जोडेका छन् ।

पाँच टेस्टको शृंखलामा दुवै टोलीले एकरएक खेल जितेका छन् । इङ्ल्यान्डले विकेन्डमा भारतलाई चौथो दिनमै पराजित गर्न एक इनिङ र ७६ रनले हराएर शृंखलामा १/१ को बराबरी गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *