सत्ता गठबन्धनलाई ओलीको चुनौति : एमालेसँग लड्न एक्लै आउने आँट नगर्नू, जमानत जोगिदैन – Nepal Press

सत्ता गठबन्धनलाई ओलीको चुनौति : एमालेसँग लड्न एक्लै आउने आँट नगर्नू, जमानत जोगिदैन

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई एमालेसँग एक्लाएक्लै चुनाव लड्ने आँट नरहेको दाबी गरेका छन् । एमाले काठमाडौं महानगर कमिटीको भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले उनीहरु सबै मिलेर आए मात्रै जमानत जोगिने बताए।

‘एक्लाएक्लै आयौ भने जमानत जफत हुन्छ, त्यसैले म भन्छु एमालेसँग चुनाव लड्न एक्लै आउने आँट नगर्नू,’ ओलीले भने, ‘मिलेर आउनु, जमानत जोगिन्छ ।’

ओलीले एमालेले एक्लै चुनाव लड्न सक्ने र जित्न सक्ने समेत दाबी गरे। ‘यो पार्टीले एक्लै चुनाव लड्न सक्छ, एक्लै चुनाव जित्न सक्छ । गठबन्धन बनाएर झ्यालबाट मच्छर पसेजस्तो बस्ने बाटो पनि आउँदो चुनावबाट बन्द गरिदिन्छौं ।’

ओलीले हिजो चुनाव टिकट दिँदा आफूहरुले केही गलत मान्छेलाई दिएको समेत बताए । हिजो एमालेबाट चुनाव जितेर सांसद भएका केही व्यक्ति देउवाको दैलोमा खान पाइन्छ कि भनेर ढुकिरहेको आरोप ओलीले लगाए ।

ओलीले एमालेको घरका बिराला देउवाको भान्सामा ढुक्न पुगेको बताए । आफूले माधव नेपाल जस्ता नकच्चरो मान्छे विश्वमा कहिँ नदेखेको समेत ओलीले बताए ।

वामदेव गौतमप्रति लक्षित गर्दै ओलीले उपप्रधानमन्त्रीको निवेदन हालेर उपाध्यक्षबाट राजीनामा दिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर