बाबुको मुख हेर्ने दिन, गोकर्णेश्वरमा तर्पण, सिदा दान र श्राद्ध गर्नेको भीड (तस्बिर र भिडिओ) – Nepal Press

बाबुको मुख हेर्ने दिन, गोकर्णेश्वरमा तर्पण, सिदा दान र श्राद्ध गर्नेको भीड (तस्बिर र भिडिओ)

काठमाडौं । आज कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिन । यो पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ-आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदादान गर्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ ।

आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लागेको छ ।

कोरोना महामारीका कारण भीडभाडमा बन्देज गरिए पनि गोकर्ण पुगेका भक्तजनको भीड ठूलै थियो । स्थानीय तहले मन्दिर पूर्ण रुपमा बन्द गरी भीड नगर्न आग्रह गरेको छ । तर वागमतीमा स्थान गरी तर्पण, पिण्डदान र सिदादान गर्नेहरु बाक्लै देखिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *