६ रन बनाएर भेसावकर आउट, नेपालको पाँचौं विकेट झर्यो
नेपाल प्रेस
२०७८ भदौ २२ गते १६:०८
काठमाडौं । पपुवा न्युगिनीले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालको पाँचौं विकेट झरेको छ ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका भेसावकर २२ बलमा ६ रन जोडेर पेभेलियन फर्केका हुन् ।
यसअघि नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल १४ र आशिफ शेख ३० रन बनाएर पेभेलियन फर्केका थिए । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ६ तथा आरिफ शेख ९ रन बनाएर आउट भएका थिए ।
नेपाल २७.३ ओभर सकिँदा ८०/५ मा ब्याटिङ गरिरहेको छ । नेपाललाई जितका लागि २२.२ ओभरमा ५५ रन आवश्यक छ ।
प्रतिक्रिया
सम्बन्धित खवर