सीआइए र रुसी जासूसी निकायका प्रमुखहरु दिल्लीमा, अफगानिस्तान संकटबारे छलफल गर्ने – Nepal Press

सीआइए र रुसी जासूसी निकायका प्रमुखहरु दिल्लीमा, अफगानिस्तान संकटबारे छलफल गर्ने

आज मोदी र डोभलसँग भेटवार्ता गर्दै

दिल्ली । तालिबानले नयाँ अफगानिस्तान सरकार घोषणा गरे लगत्तै अमेरिकी गुप्तचर निकाय सीआइए र रुसी सुरक्षा प्रमुख दिल्लीमा उत्रिएका छन् ।

सीआइए प्रमुख विलियम बन्र्जले आज दिल्लीमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरे । साथै, दिल्लीपछि उनी इस्लामाबाद जाने द हिन्दूले जनाएको छ ।

सीआइए प्रमुखले अफगानिस्तानमा तालिबान सरकार र त्यहाँबाट विदेशी नागरिकको उद्दार लगायतबारे डोभलसँग भेटवार्ता गरेका छन् ।

आजै, रुसी राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार निकोली प्याट्रिसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरलाई भेट्ने कार्यक्रम छ ।

तालिबानले आफ्ना सर्वोच्च नेता मोहम्मद हसन अखुण्डको नेतृत्वमा अन्तरिम सरकार घोषणा गरे लगत्तै अमेरिकी र रुसी जासूसी निकायका प्रमुखहरु दिल्ली उत्रिएका हुन् ।

आगामी सातादेखि सुरु हुन लागेको सांघाइ कोपरेसन अर्गनाइजेसन (एससीओ) र यसै महीना चिनियाँ राष्ट्रपतिसँगको भर्चुअल सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले भाग लिँदैछन् । अन्तर्राष्ट्रिय कूटनीतिमा अर्थ राख्ने यी दुई ठूला सम्मेलनको छेकोमा भएका सीइआए र रुसी जासूस प्रमुखहरुको दिल्ली भ्रमणलाई महत्वको साथ लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *