सभामुखले पदीय मर्यादा कायम राख्न नसकेको योगेशको आरोप (भिडियो)

२०७८ भदौ २३ गते १९:५९

काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको र एमाले विभाजनको मतियार बनेको आरोप लगाएका छन् ।
संसद बैठकबाट बाहिर निस्कने क्रममा पत्रकारसँग कुरा गर्दै नेता भट्टराईले सभामुखले विगतका सभामुखहरुको जस्तो पदीय मर्यादा कायम गर्न नसकेको बताए ।
उनले पार्टीले कारवाही गरेपछि सांसदहरु पदमुक्त हुने कुरामा समेत सभामुखले दोहोरो भूमिका खेलेका कारण एमालेले विरोध गरेको बताए ।
प्रतिक्रिया