प्रतिनिधिसभा बैठक : एमालेको अवरोध र नाराबाजी (लाइभ)
नेपाल प्रेस
२०७८ भदौ २५ गते १३:१७
काठमाडौं । सभामुखले निष्पक्षता देखाउन नसकेको र पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले प्रतिनिधिसभाको शुक्रवारको बैठक अवरोध गरेको छ ।
अपराह्न एक बजे प्रतिनिधिसभा बैठक शुरु हुनासाथ एमालेका सांसदहरु उठेर रोष्टम घेराउ गर्न गएका छन् ।
सभामुखले अदालतमा विचाराधीन मुद्दामा संसदमा बहस नगर्न भन्दै एमाले सांसदहरुलाई सदन सन्चालनमा सघाउन आग्रह गरे पनि नाराबाजी चलिरहेको छ ।
प्रतिक्रिया