दीपेन्द्रसिंह ऐरीले एकदिवसीय सिरिज गुमाउने
नेपाल प्रेस
२०७८ भदौ २७ गते १५:५०
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले आशन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला गुमाउने भएका छन् ।
ओमान-अमेरिकाविरुद्धको शृङ्खलाका लागि ओमान पुगेका ऐरीले चोटका कारण ओमानमा हुने सबै खेल गुमाउने नेपाल क्रिकेट संघले जानकारी दिएको छ ।
भोलिदेखि अल अमेरत क्रिकेट मैदानमा हुने शृङ्खलाको पहिलो खेलमा सोमबार नेपाल र अमेरिका खेल्दै छन् ।
यसअघि पपुवा न्युगिनीविरुद्ध खेलेका दुई अभ्यास खेलमा नेपालले जित निकालेको थियो ।
पहिलो खेलमा २ विकेटको संघर्षपूर्ण जित निकालेको नेपालले दोस्रो खेलमा कीर्तिमानी १ सय ५१ रनको शानदार जित निकालेको थियो ।
प्रतिक्रिया