स्तनपान गराइरहेका महिलालाई पनि फाइजर खोप लगाइने
काठमाडौं । कोभिड–१९ विरुद्धको फाइजर खोप स्तनपान गराइरहेका महिलाहरूलाई पनि लगाइने भएको छ । यसबारे स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।
शुक्रबार यो खोपलाई औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।
सरकारले १२ बर्ष माथिका बालबालिकालाई लगाउन ६० लाख डोज फाइजर खोप खरिदको तयारी गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका थिए ।
खोप शाखा प्रमुख सागर दाहाले केही सातामा एक लाख डोज फाइजर खोप ल्याउन लागिएको जानकारी दिएका छन् ।
अवश्य पनि, स्तनपान गराइरहेका महिलाहरूलाई पनि हामीले फाइजर खोप वितरणको प्राथमिकतामा राखेका छौं । 🙏 https://t.co/tVRaSHyzIy
— Umesh Shrestha (@MohpStateMin) September 12, 2021