कर्णाली प्रदेश प्रमुख पनि फेरिँदै, नेकपा एसको तर्फबाट गौरा प्रसाईंको सम्भावना – Nepal Press

कर्णाली प्रदेश प्रमुख पनि फेरिँदै, नेकपा एसको तर्फबाट गौरा प्रसाईंको सम्भावना

सुर्खेत । कर्णाली प्रदेशमा सत्ता गठबन्धनले नेकपा एसको तर्फबाट गौरा प्रसाईंलाई प्रदेश प्रमुखमा नियुक्त गर्ने तयारी गरेकाे छ । प्रसाईलाई प्रदेश प्रमुखमा नियुक्त गर्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको बुझिएको छ ।

प्रसाई हालसालै नेकपा एसतिर लागेकी हुन् । उनी यसअघि संविधानसभा सदस्यसमेत भइसकेकी छन् ।

अध्यक्ष नेपालले राष्ट्रियसभा सदस्य वा प्रदेश प्रमुख बनाउने भनी अरुलाई पनि आश्वासन दिएको बताइएको छ । नेपालले यसअघि जुम्लाका देवीलाल थापा, कालिकोटका तुलाराज विष्ट र दैलेखका टेकबहादुर खाँणलाई राष्ट्रियसभामा लैजाने वा प्रदेश प्रमुखमा नियुक्ति दिने भनेर बचन दिएको नेताहरुले बताइरहेका छन् ।

कर्णालीमा राष्ट्रियसभाको निर्वाचनमा नेकपा एस चौथो शक्तिको रुपमा देखा परेको छ । यहाँ पहिलोमा माओवादी, दोश्रोमा एमाले, तेश्रो कांग्रेस र चौथोमा नेकपा एस भएको छ । एमालेबाहेकका सबै दलको गठबन्धन बनेमा नेकपा एसको भागमा राष्ट्रियसभाको एक सिट पर्नेछ ।

स्रोतका अनुसार एक सिट मात्रै पाएको खण्डमा जुम्लाका देवीलाल थापा राष्ट्रियसभा सदस्यको उम्मेदवार हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर