रुपन्देहीका कार्यकर्तालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बुधबार बुटवल आउँदै – Nepal Press

रुपन्देहीका कार्यकर्तालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बुधबार बुटवल आउँदै

रूपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि बुधबार रुपन्देहीका अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न बुटवल आउने भएका छन् ।

बुटवल एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए ।

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल तथा अन्य स्थायी कमिटी सदस्यहरूले सम्बोधन गर्ने चापागाईंले जानकारी दिए ।

रूपन्देही जिल्लाको अगुवा कार्यकर्ता भेला भएकाले यो परिस्थितिमा पनि कोभिड (१९ को सचेत भएर कार्यक्रम गर्न थालेको र कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सम्पूर्ण नेता कार्यकर्तालाई क्रियाशील बनाइएको नेकपा रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुबेदीले बताए ।

एमाले लुम्बिनी प्रदेश कमिटी बैठकले पार्टी विभाजनका नाममा अलमलमा परेका नेता कार्यकर्तालाई स्पष्ट पार्न र थप प्रतिवद्व बनाउन सबै जिल्लामा बृहत् भेला आयोजना गर्न निर्देशन दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर