सरकारको दुई महिने उपलब्धी– एमसीसीमा राष्ट्रिय सहमतिको पहल, १० ठाउँमा सस्तो भोजन (सूचीसहित) – Nepal Press

सरकारको दुई महिने उपलब्धी– एमसीसीमा राष्ट्रिय सहमतिको पहल, १० ठाउँमा सस्तो भोजन (सूचीसहित)

काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट सरकार गठन भएको दुई महिना पुग्दा मन्त्रिपरिषदलाई पूर्णता दिनसमेत नसकेको आरोप लागिरहेका बेला सरकारले यसबीचमा भएका कामको १५ बुँदे सूची सार्वजनिक गरेको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले छोटो अवधिमा सम्पन्न गरेका र अघि बढाएका कामहरुको सूची सार्वजनिक गर्दै एमाले नेतृत्वको सरकारले गरेका कामलाई नै उपलब्धीका रुपमा राखेका छन् ।

विष्णु पौडेलले अर्थमन्त्रीका रुपमा पेश गरेको बजेटमा राष्ट्रसेवक सेना प्रहरी, कर्मचारीलगायतको तलब २ हजार वृद्धि गरेका थिए । देउवा सरकारले उपलब्धीका रुपमा सार्वजनिक गरेको सूचीमा पनि कर्मचारीको तलब वृद्धि गरिएको भनेको छ ।

त्यस्तै सरकारले विद्युत् प्राधिकरणमा कुृलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्तिलाई पनि दुई महिनाको उपलब्धी भनेको छ ।

राजधानीका १० ठाउँमा सस्तोमा भोजनको व्यवस्था गरिएको सरकारले बताएको छ । तर कुन कुन ठाउँमा हो भन्ने जानकारी भने दिइएको छैन ।

अति विपन्न गरिब घर परवारलाई दश हजार रुपैयाँका दरले राहत र क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता दिइएको सरकारले जनाएको छ ।

सरकारले एमसीसीमा राष्ट्रिय सहमति निर्माणको पहल र प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिन अनौपचारिक छलफल तथा संवाद गरिएको विषयलाई पनि यसबीचको उपलब्धी भनेको छ ।

त्यस्तै त्रिचन्द्र र घण्टाघर पुननिर्माणको निर्णयलाई पनि सरकारको उपलब्धीको सूचीमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर