पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)
काठमाडौं । विष्णु माझीको स्वरमा रहेको गीत ‘चरी जेलैमा’ यो साता पनि युट्युवमा शीर्ष स्थानमा परेको छ । यो गीतले २६ दिनभित्रै २ करोड भ्यूज पार गरेर कीर्तिमान कायम गरेको छ । पछिल्लो साता यो गीतलाई ३० लाख २० हजार २१८ पटक हेरिएको छ भने कूल २ करोड १९ लाख ७५ हजार ९०९ छ ।
प्रकाश सपूतको शब्दमा रहेको गीत ‘कुरा बुझ्न पर्च’ दोस्रो सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । एक सातामा मात्र यो गीतलाई १३ लाख ९५ हजार १९० पटक हेरिएको छ भने कूल १ करोड ८४ लाख ४३ हजार ३१५ पटक युट्युवमा हेरिएको छ ।
यस्तै प्रमोद खरलेको स्वरमा रहेको गीत ‘ए जिन्दगी’ तेस्रो स्थानमा छ । पछिल्लो सातामा यो गीतलाई ८ लाख ६१ हजार १२ पटक हेरिएको छ । यो गीतको कूल भ्यूज संख्या २४ लाख ३४ हजार ४२९ छ । हेर्नूस सूची :
विष्णु माझी ‘चरी जेलैमा’ : ३,०२०,२१८
प्रकाश सपूत ‘कुरा बुज्न पर्च’ : १,३९५,१९०
प्रमोद खरेल ‘ए जिन्दगी’ : ८६१,०१२
बसन्त थापा ‘साल को पात उडायो’ : ७१८,१६१
महेश कफ्ले ‘माया बिरनी-२ ततो गोली’ : ७१५,०२९
मेलिन राइ ‘आयो तीज को लहर’ : ६२७,७९७
मेलिन राइ ‘जोखौ माया’ : ६१८,२३०
निकिता थापा ‘तिम्रो मन मा ए कान्छा’ : ६१३,१९८
रमेश राज भट्टराई /रचना रिमाल ‘भन भन साइला’ : ५८४,३२३
छेवाङ लामा ‘लाहुरे –३’ : ५३६६९८