गंगासागरमा स्नान गर्नेको भीड (तस्बिरहरु)
२०७८ असोज ४ गते ९:५४
जनकपुरधाम । जनकपुरको ऐतिहासिक गंगासागर पोखरीमा पितृलाई अर्पण गर्नेहरुको घुइँचो लागेको छ । पितृप्रति श्रद्धाभावका साथ श्राद्धमा पण्डितले सघाउँछन् ।
आजदेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले ‘सोह्र श्राद्ध’ भन्ने गरिन्छ ।
चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा छ । त्यसैले दशैं सुरु हुनुअघि सोह्रश्राद्ध गरिन्छ ।
सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुने र पितृ ऋणबाट पनि मुक्ति पाइने धार्मिक विश्वास छ ।
प्रतिक्रिया