माधवको एमाले सिध्याउने अर्को असफल प्रयास
अब यो निष्कर्ष निकाल्न सजिलो छ कि एमाले सिध्याउने माधव नेपालको सारा प्रयास ब्यर्थ हुने छ । सिर्जनाभन्दा विनासका लागि जन्मिएको उनको दलले गर्नैसक्ने जति विनास गरिसकेको छ । अब त्यो दल ‘रन वे’मै हराउनेछ । यसले राजनीतिक उडान भर्ने सम्भावना लगभग सकिएको छ ।
करिब ७० बर्षको उमेरमा माधब नेपालले मञ्चन गरेको कुरूप राजनीतिक दृश्य धेरैलाई रुचेको छैन । सार्वजनिक स्थलमा उनको जुन मुखाकृति देखिन्छ, त्यो पश्चातापको प्रतिबिम्ब हो ।
चार वर्षदेखि उनका हरेक कदमले एमाले र एमालेका शुभचिन्तक एवम् सहयोगीहरुलाई दुःखी बनाएको छ भने उसका दुश्मनहरुलाई हर्षित । करिब ९५ प्रतिशत एमाले समर्थक उनको कदमलाई रुचाउँदैनन् ।
पदको लोभमा गरिएको विभाजन औचित्यहीन छ । माधव नेपाल देउवा र प्रचण्डबाहेक सबका अगाडि रक्षात्मक स्थितिमा छन् । र सशंकीत पनि छन् । किनकि, देउवा–प्रचण्डले जुनकुनै बेला माधव नेपालको साथ छाड्न सक्छन् ।
कसैकसैले उनको पार्टीलाई ‘कुण्ठा समाजवादी’को नाम दिएका छन् । उनको दलप्रति एमालेबाट निर्वाचित प्रतिनिधि र अन्य सार्वजनिक व्यक्तित्वले देखाएको उदासिनता देखाएका छन् ।
यसले उक्त दलका लागि भविष्यमा दरिद्र स्थितिमा पुर्याउने निश्चित छ । एमालेले विगतका विभाजनबाट धेरै सिकेको छ । पार्टी फुटाउनेहरुको स्थिति सबैलाई थाहा छ ।
करिब १७ हजार निर्दोष नेपालीको हाताहतीको कालो धब्बा लागेको माओवादी अझै उदण्ड छ । उसले एमाले एकताको भर्याङ चढेर धेरै सर्वाजनिक पदको मर्यादा स्खलित गरेको छ । माओवादीलाई भविष्यको चिन्ता छैन, किनभने ऊ डिलमा पुगिसकेको छ । त्यसले माओवादी जसरी पनि एमाले सिध्याउने दाउमा छ ।
अतिस्वार्थी प्रचण्ड नेतृत्वको माओवादीसँग एमालेले एकता नै गर्नु हुँदैनथ्यो । त्यसैले त माओवादीसँगको एकता भंग हुँदा धेरै एमालेले खुसी मनाए ।
सर्वसत्तावादी कांग्रेसको व्यवहारबाट पनि एमाले कार्यकर्ता प्रडाडित छन् । अबको चुनावमा एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँग नै हुने हो । अब फेरि पनि कांग्रेसले एमालेलाई दुख दिनेछ । त्यस्तो कांग्रेससँग माधव नेपालले घाँटी जोड्नु स्वभाविक होइन ।
अहिले नेपालको राजनीतिक दुई ध्रुवमा विभाजित छ । एक, एमाले, अर्को एमालेइतर । अरु सम्पूर्ण शक्ति एमालेलाई कमजोर बनाउन लाग्नेछन् । यस्तो एमाले एकढिक्का हुनुको विकल्प छैन ।
आवेश वा उत्तेजनामा एमाले छाडेकाहरु पनि एमालेमै फर्कनु बुद्धिमानी हुनेछ । माधव नेपाल र केही सीमित मान्छेहरु जसरी पनि एमाले सिध्याउनै लागेका थिए । विगतमा पार्टीको नेतृत्व गर्दा पनि माधव नेपालले एमालेलाई निकै कमजोर बनाएकै हुन् ।
निर्वाचित जनप्रतिनिधि र अधिकांश कार्यकर्ता एकताकै पक्षमा हुँदा पनि माधव नेपालले पार्टी फुटाएरै छाड्ने नीति लिनु गलत थियो । अहिले उनलाई पार्टी फुटाउनुपर्ने औचित्य पुष्टि गर्न निकै कठिन छ ।
कुनै विचार, सिद्दान्त नमिलेर पार्टी फुटाउने निर्णयमा पुगेका होइनन्, माधव नेपाल । मात्रै पदीय भागबण्ड र पार्टी अध्यक्ष ओलीप्रतिको इगोबाहेक उनीसँग कुनै त्यस्तो कारण छैन ।
माधव नेपालले कुनै पनि कार्यक्रममा भाषण गर्दा विकासको, समृद्धिको कुरा गर्दैनन् । आफूहरुलाई भाग दिइएन, अपमान गरियो भन्दाबाहेक केही भन्दैनन् ।
महाधिवेशनबाट निश्चित समयका लागि चुनिएका अध्यक्षलाई स्वीकार्नै नसक्नु उनको ठूलो कमजोरी थियो । एमाले सिध्याउन खोजेमा माओवादी अध्यक्ष प्रचण्डसँगको साँठगाँठ निश्चय नै अस्वभाविक थियो । वास्तवमा प्रचण्ड र माधव नेपालको मिसन एउटै थियो, एमालेको नामोनिसान मेटाउने । तर, उनीहरुको त्यो मिसन असफल भइसकेको छ ।
नीति, पद्धति, र सिद्धान्तको रोमाञ्चकारी बखान गर्ने माधव मण्डली ओलीलाई शक्तिबाट हटाएर आफ्नो सत्ता मजबुत गर्न प्रचण्ड र देउवाको चरणमा पुगेसँगै उनीहरुको पाखण्डपन मुखरित आयो ।
संसदले कामै गर्न नसक्ने भएपछि ताजा जनादेशमा जाने कुरा स्वभाविक थियो । तर त्यहीं निहुँमा माधव–प्रचण्ड देउवा शरणमा गए । त्यो ठीक थिएन ।
ऐले माकुने को पार्टिमा जति गयेका छन् ती सबै आफ्नो पद जोगाउन गयेका हुन। सांसद् देखि वडा सदस्य सम्म सबैको अबस्था त्यहि हो। तल ग्रास रुट् लेबल्मा येउटा पनि समर्थक् छैनन। जो गयेका छन् ती सबै अवसर बादि हुन आगामि चुनाब मा जित्ने संभावना हरायेपछि येमाले मा फर्केको नाटक् गरेर येमाले बाटै टिकट पाउने कोसिस गर्नेछ। अरु त अरु भिम रावल् सहित् उसगै १० बुदेको कुरो लियेर येमाले मा आयेकाको अबस्था पनि करिब् त्यस्तै छ अस्टलक्ष्मि साक्य लगायत् अरु क्षेतृय सांसद् पनि त्यहि हो।