आफूमाथि आक्रमण गर्नेलाई मुद्दा नचलाउन बुटबलका मेयरको अनुरोध
रुपन्देही । आफूलाई आक्रमण गर्न खोज्ने युवालाई कुनै मुद्दा नचलाउन बुटवल उपमहानगरपालिकाका प्रमुख तथा नेकपा एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले अनुरोध गरेका छन् ।
सोमबार बुटवल–३ ज्योतिनगर पहिरो प्रभावित क्षेत्र अवलोकनमा गएका सुवेदीमाथि स्थानीय गणेश पंगेनीले एक्कासी आक्रमणको प्रयास गरेका थिए ।
चौतर्फी दबाबपछि पक्राउ परेका पंगेनीलाई तत्काल छाड्नका लागि प्रमुख सुवेदीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवललाई आग्रह गरिएको जानकारी गराए ।
सुवेदीले आफ्नो कसैप्रति आग्रह–पूर्वाग्रह नभएको जनाउँदै विपद्मा परेका नागरिकमा आउने आक्रोशलाई स्वाभाविक मानेको बताए । उपमहानगरले बाढी, पहिरो तथा विपद्मा परेका नागरिकहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सक्दो पहल जारी राख्ने बताउँदै उनले सो कुरा उल्लेख गरेका छन् ।
तर जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने आवश्यक अनुसन्धान अघि बढ्ने जनाएको छ ।
ज्योतिनगर, बुटवलका एमाले कार्यकर्ता गणेश पंगेनीले बुटवल उपमहानगरका मेयर एवं एमाले रूपन्देहीका अध्यक्ष शिबराज सुवेदीलाई मुक्का हानेका छन्। पहिरोले ज्योतिनगरवासी विस्थापित र असुरक्षित हुँदा स्थानीय सरकारले चासो नदिएकाले आक्रोशित भएर मुक्का हानेको बयान उनले दिएका छन्। यो आलोच्य हर्कत त हुँदै हो। सोचनीय चाहिँ के हो भने अध्यक्ष केपी ओलीले एमाले बाहेक कसैले बिकासको नेतृत्व गर्न नसक्ने बताइरहदा- एकातिर, मानिसहरूमा एमाले बिकास मोडलको छाप कस्तो परिरहेको छ र अर्कोतिर, अरुप्रति उद्दण्ड हुन सिकाइएका कार्यकर्ता कसरी आफ्नै लागिपनि प्रतिकुल हुनसक्छन् भन्ने पाठ यस घटनाले दिएको छ। सिक्नु नसिक्नु त सुवेदीज्यू र ओलीज्यूकै कुरा !!! तर सुवेदीले सिकेकै हुन् त?