राजनीतिक नियुक्तिमा गएका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

२०७८ असोज ५ गते १८:०९

फाइल तस्बिर ।
काठमाडौं । सरकारले केपी ओली सरकारले राजनीतिक कोटामा नियुक्ति दिएर पठाएका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो ।
सरकारको निर्णय कार्यान्वयनमा आएसँगै अमेरिकाका लागि राजदूत युवराज खतिवडा, बेलायतका लागि राजदूत लोकदर्शन रेग्मीलगायत फिर्ता हुनुपर्ने छ ।
प्रतिक्रिया