राजकुमार क्षेत्री बने नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक – Nepal Press

राजकुमार क्षेत्री बने नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक

काठमाडौं । नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक पदबाट राजन पोख्रेलले राजीनामा दिएसँगै उपमहानिर्देशक राजकुमार क्षेत्री निमित्त महानिर्देशकमा नियुक्त भएका छन् ।

क्षेत्रीलाई निमित्त महानिर्देशकका रुपमा पर्यटन मन्त्रालयको सिफारिसमा महानिर्देशकले हिजै राती नियुत्ति गरेका हुन् । उनी पूर्ण महानिर्देशकमा नियुक्त हुनका लागि मन्त्रिपरिषद्को बैठकले निणर्य गर्नुपर्ने हुन्छ ।

क्षेत्रीले आगामी पुसमा अवकास पाउँदैछन् । प्राधिकरणको महानिर्देशकमा नियुक्त हुनका लागि १२ तहका ६ जना उपमहानिर्देशक रहेपनि ४ जनाले यही असोज ७ गते अवकास पाउँदैछन् । बाँकी रहेका दुई उपनिर्देशकमध्ये क्षेत्री सिनियर भएकाले निमित्त महानिर्देशक बनेका हुन् । उनीपछि भोला गुरागाईं महानिर्देशकको दावेदार हुनेछन् ।

हिजो वेलुका प्राधिकरणका महानिर्देक राजन पोख्रेलले पदबाट राजीनामा दिएका थिए । पोख्रेलले अवकास पाउनु २ दिन अघिमात्र राजीनामा दिएका हुन् । पोखरेल २०७६ असार १३ गते महानिर्देक बनेका थिए ।

पोख्रेलको महानिर्देकमा रहँदै गर्दा राष्ट्रियसभाबाट प्राधिकरण टुक्रिने विधेयक पारितभएसँगै कर्मचारीले आन्दोलन गर्दै उनको राजीनामा माग गरेका थिए । अहिले सो विधेयक प्रतिनिधिसभामा गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर