कांग्रेस पदाधिकारी बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार र महाधिवेशनको एजेण्डा – Nepal Press

कांग्रेस पदाधिकारी बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार र महाधिवेशनको एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा दिउँसो ३ बजेपछि बस्ने बैठकमा मन्त्रिपरिषद विस्तार र महाधिवेशन कार्यतालिकाबारे छलफल हुनेछ ।

संयुक्त सरकारमा मन्त्रालय बाडँफाँटको विषयमा सल्लाह नगरिएको भन्दै संस्थापन इतर पक्षले असन्तुष्टी जनाउँदै आएको छ । त्यस्तै १३ जिल्लामा वडा अधिवेशन हुन नसकेको अवस्थामा महाधिवेशन कार्यतालिका सच्याएर सबै जिल्लामा एकैदिन पालिका अधिवेशन हुनुपर्ने संस्थापन इतर समूहको माग रहेको छ ।

यी दुवै विषयमा बैठकमा छलफल हुने बताइएको छ । ‘एकातिर मन्त्रिपरिषदको विषय छ अर्कोतिर पालिका अधिवेशन सबै जिल्लामा एकैपटक गर्ने प्रस्ताव पनि छ । यिनै विषयमा आज छलफल हुनेछ’, कांग्रेसका एक पदाधिकारीले भने ।

यसैबीच पदाधिकारी बैठकका एजेण्डा र मन्त्रिपरिषद विस्तारबारे धारणा बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा अहिले संस्थापन इतर समूहका नेताहरु भेला भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर