फोर्ब्सको सूचीमा रोनाल्डो सर्वाधिक कमाउने फुटबलर
कति कमाउँछन् मेसी ?
नेपाल प्रेस
२०७८ असोज ६ गते १२:२६
काठमाडौं । यसै सिजन युभेन्टसबाट म्यानचेस्ट युनाइटेड सरुवा भएका पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले फोर्ब्सले हालै सार्वजनिक गरेको सर्वाधिक कमाउने फुटबलरको शीर्ष स्थानमा परेका छन् । रोनाल्डोले जारी (२०२०/२१) सिजनमा करबाहेक १ सय २५ मिलियन अमेरिकी डलर कमाउने छन् ।
त्योमध्ये ७० मिलियन तलब र युनाइटेड सरुवाको बोनसको रूपमा पाउनेछन् । मेसीले यो वर्ष १ सय १० मिलियन कमाउने छन् ।
पेरिस सेन्ट जर्मनका उनका सहकर्मी नेइमार र किलियान एम्बाप्पे पनि शीर्ष चारमा परेका छन् ।
फोर्ब्सको सर्वाधिक कमाउने फुटबलरको सूची:
खेलाडी | क्लब | कमाई |
---|---|---|
क्रिस्टियानो रोनाल्डो | म्यानचेस्टर युनाइटेड | १२५ मिलियन डलर |
लियोनेल मेसी | पेरिस सेन्ट जर्मन | ११० मिलियन डलर |
नेइमार | पेरिस सेन्ट जर्मन | ९५ मिलियन डलर |
किलियान एम्बाप्पे | पेरिस सेन्ट जर्मन | ४३ मिलियन डलर |
मोहम्मद सालाह | लिभरपुल | ४१ मिलियन डलर |
रोबर्ट लेवान्डोस्की | बायर्न म्युनिख | ३५ मिलियन डलर |
एन्द्रेस इनिएस्टा | भिसेल कोबे | ३५ मिलियन डलर |
पौल पोग्बा | म्यानचेस्टर युनाइटेड | ३४ मिलियन डलर |
ग्यारेथ बेल | रियाल मड्रिड | ३२ मिलियन डलर |
इडेन हाजार्ड | रियाल मड्रिड | २९ मिलियन डलर |
प्रतिक्रिया
सम्बन्धित खवर