पत्रकारलाई उपमेयरका श्रीमानको ज्यानमार्ने धम्की
नेपाल प्रेस
२०७८ असोज ६ गते १७:३२
कैलाली । बाजुराको बडिमालिका नगरपालिकाकी उपमेयर कविता विष्टसम्बन्धी समाचारको बिषयलाई लिएर उनका श्रीमानले पत्रकारलाई ज्यानमार्ने धम्की दिएका छन् ।
उपमेयरका श्रीमान विपिन विस्टले दिनेश खबरका समाचार सम्पादक नवराज पनेरुलाई अश्लील गाली गर्दै मार्ने धम्की दिएका हुन् ।
‘महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख एजेन्सीको समाचार प्रकाशित गर्दा धम्की आएको हो’, पत्रकार पनेरूले भने ।
‘उपप्रमुख विस्टको वार्षिक मोबाइल खर्च ७२ हजार’ शीर्षकमा समाचार छापिएको थियो ।
प्रतिक्रिया