बैतडीमा व्यापारी महराको शव भेटियो, हत्याको शंका – Nepal Press

बैतडीमा व्यापारी महराको शव भेटियो, हत्याको शंका

कैलाली । बैतडीको सुर्नया गाउँपालिका– ४ मा एक व्यापारीको शव फेला परेको छ ।

वडा नम्बर ४ लेकडाँडा घर भइ सन्सेरीमाण्डौमा व्यवसाय गर्दै आएका कमलसिंह महराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

मृतक महराको शरीरका विभिन्न भागहरुमा चोट लागेको देखिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश पालले बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको बताए । स्थानीयले महराको टाउकोमा गम्भीर चोट भएकाले हत्या गरिएको हुनसक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *