राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन, जलवायु संकटदेखि खोपको न्यायपूर्ण वितरणबारे ध्यानाकर्षण
न्यूयोर्क । नेपालसहितका गरिब मुलुकले भोगिरहेका चार विश्वव्यापी संकटबारे विश्व नेताहरुलाई ध्यानाकर्षण गराउन सामाजिक अभियन्ता गोविन्द केसीले राष्ट्रसंघीय मुख्यालयअघि प्रदर्शन गरेका छन् ।
विश्व शान्ति दिवसको अवसरमा केसीसहित नेपाली अभियन्ताले न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालय अघि प्रदर्शन गरेका हुन् । राष्ट्रसंघ महासभाको उच्चस्तरीय छलफल सुरु भएको छ र विश्व नेता कूटनीतिज्ञहरु न्यूयोर्कमा भेला भएका छन् ।
द्धन्द्ध अन्त्य, जलवायु संकट, कोभिड खोपको समानुपातिक वितरण तथा शिक्षा र स्वास्थ्य स्याहारमा प्राथमिकता दिनुपर्ने माग राख्दै डा. केसीले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । तस्विरहरु : इनेप्लिज