संसदमा आज पनि एमालेको अवरोध, सभामुखले अघि बढाए कारवाही (लाइभ) – Nepal Press

संसदमा आज पनि एमालेको अवरोध, सभामुखले अघि बढाए कारवाही (लाइभ)

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । आजको बैठकबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने कार्यसूची रहेको छ । बैठकको प्रारम्भमै नेकपा एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका छन् ।

संसदको वेल घेराउ गरेर एमाले सांसदहरुले नारावाजी गरेपनि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारवाही अगाडि बढाएका छन् । नाराबाजीकै बीच सभामुखले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएको व्यहोराको राष्ट्रपति कार्यालयबाट पत्र पढेर सुनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर