अन्तरघातीका कारण भएको क्षति चुनावपछि पूर्ति हुन्छः बादल – Nepal Press

अन्तरघातीका कारण भएको क्षति चुनावपछि पूर्ति हुन्छः बादल

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले पार्टीभित्रका अन्तरघाती, दक्षिणपंथी र फुटवादीहरुका कारण कम्युनिष्ट पार्टीले पाएको सत्ता नेतृत्व गुमाउनु परेको बताए ।

नेकपा एमाले विशेष प्रदेश कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बादलले अहिले भएको क्षतिपूर्ती चुनावपछि हुने पनि दावी गरे ।

दुई साना टुक्रा टुक्रेर नेकपा एमालेलाई फरक नपर्ने उनको तर्क थियो । उनले महाधिवेशनपछि एमाले झन् शक्तिशाली हुने पनि बताए । ‘पार्टीबाट केही अवसरवादी टुक्रेर गएका छन्, त्यसले केही फरक पर्दैन’ उनले भने ।

उनले अबको गन्तव्य समाजवाद भएको बताए । कृषि तथा उद्योगको विकासबिना समृद्धि सम्भव नभएको भन्दै उनले अबको आन्दोलन गरिबी र पछौटेपनविरुद्ध हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर