व्यापारी मृत्यु प्रकरणः पाँचजना नियन्त्रणमा – Nepal Press

व्यापारी मृत्यु प्रकरणः पाँचजना नियन्त्रणमा

बैतडी । एक व्यापारीको हत्या आशङ्कामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ । सुर्नया गाउँपालिका– ४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा आज बिहान मृत फेला परेका थिए ।

उनकोे टाउको, छाती र शरीरका अन्य भागमा चोट देखिएको र अनुसन्धानका क्रममा हत्यामा सम्लग्न भएकोे आशङ्कामा पाँचै जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

उनले नियन्त्रणमा लिइएका सबै स्थानीयवासी भएको र अनुसन्धान चलिरहेकोले उनीहरूको नाम खुलाउन नमिल्ने बताउनुभयो महरालाई सन्सेरीमाडौँकै एक पसल अगाडि मृत अवस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

अनुसन्धानका लागि पाटन इलाका प्रहरी कार्यालयका प्रमुख राजेश शाही नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *