धरानमा शेरबहादुर देउवा टीमलाई धक्का : पौडेल पक्षको प्यानलै बिजयी – Nepal Press

धरानमा शेरबहादुर देउवा टीमलाई धक्का : पौडेल पक्षको प्यानलै बिजयी

इटहरी । नेपाली कांग्रेसको धरान उपमहानगरपालीकाको कार्यसमितिमा भएको चुनावमा शेरबहादुर देउवा पक्षको प्यानलै हारेको छ । नेपाली कांग्रेसको केन्द्रीय गुटकै लाइनमा दुइ देउवा र पौडेल पक्षको चुनावमा पौडेल पक्षले प्यानल जितेको छ । देउवाका टीमका शक्तिशाली नेता मानिने मीन विश्वकर्माको गृहनगरमा पौडेल पक्षको प्यानल बिजय भएको हो ।

धरानमा आज बिहान ८ बजेबाट पौने २ बजेसम्म भएको चुनावमा रामचन्द्र पौडेल पक्षका सभापतिका उम्मेदवार श्याम पोखरेलले देउवा पक्षका उम्मेदवार किशोर राईलाइ ३९ मतले पराजित गरेका हुन । पोखरेलले २६२ ल्याउदा राईले २२३ मत ल्याएका छन ।

यस्तै उपसभापतिमा पोखरेल टीमकै प्रविण राई र सन्तोस लिम्बु बिजयी भएका छन । दुई सचिवमा पनि क्रमशः हिमाल श्रेष्ठ र जितेन्द्र राई पोखरेल टीमकै हुन । सहसचिवमा शिला बज्राचार्य र युनेश राना मगर बिजयी भएका छन ।

निबर्तमान कार्यसमितिका सचिव पोखरेल र अखिल नेपाल फूटबल संघ (एन्फा)का बरिष्ठ केन्द्रिय उपाध्यक्ष किशोर राई चुनावी मैदानमा थिए ।

धरान उपमहानरपालीकाका २० वडा सभापति देखी वडा तथा अन्य प्रतिनिधि गरेर ४९५ जना मतदाता छन । मिनि चुनाव भदौ २२ मा भएको थियो । धरान वडा नम्बर १२ का कियाशिल भएका पोखरेललाइ धरान १२ कै राईले वडा प्रतिनिधिबाटै रोक्न खोजेका थिए ।

खसआर्य कोटाबाट सर्वसम्मत प्रतिनिधि बनाउने भद्र सहमति भएपनि उनलाइ रोक्न किशोर राई पक्षले मोहन बस्नेत उठाएको थियो । धरानको सिटी कजेलमा भएको चुनावमा ३६ मतान्तरले पोखरेलले क्षेत्रिय प्रतिनिधि सुरक्षित गरेका थिए । खसआर्य कोटाबाट क्षेत्रिय प्रतिनिधि जितेका पोखरेलले उपमहानगरस्तरिय चुनावबाट धरान उपमहानगरको नेपाली कांग्रेसको नेतृत्वमा पुगेका छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर