रुपन्देहीका ५ स्थानीय तहमा कांग्रेसको सर्वसम्मत नेतृत्व – Nepal Press

रुपन्देहीका ५ स्थानीय तहमा कांग्रेसको सर्वसम्मत नेतृत्व

रुपन्देही । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत रुपन्देहीका ५ वटा स्थानीय तहमा सर्वसम्मत् नेतृत्व चयन भएको छ ।

नेपाली कांग्रेस जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार रुपन्देहीका १६ स्थानीय तह मध्ये गैडहवा गाउँपालिका, कोटहीमाई गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका र ओमसतीया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

मतदान अधिकृतहरुका अनुसार गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभापतिमा मोह्मद सहित खाँ, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव र ओमसतीया गाउँपालिकाको सभापतिमा भगवानप्रसाद चौधरी सहित सबै टिम निर्बिरोध निर्वाचित भएको मतदान अधिकृतहरुले जानकारी दिएका छन् ।

गत भदौ १८ गते वडा अधिवेशन भएको रुपन्देही जिल्लाका १६ वटा स्थानीय तहमा महाधिवेशनको कार्यतालिका अनुसार शनिबार पालिका अधिवेशन भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर